राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिनसम्म भव्य रुपमा मनाउने

हेटौंडा टुडे
२०८२ माघ २३, शुक्रबार ११:३१ गते

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा मन्त्रीहरु, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरु, मुख्यसचिव, प्रधानसेनापति, सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु सदस्य छन् । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्यसचिव छन् ।
तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*