हेटौंडा । सरकारका विभिन्न विज्ञापनहरू अब सोझै सरकारी मिडियामा मात्रै जाने सूचना सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार जारी गरेको एक सूचनाअनुसार यसरी विज्ञापन दिँदा कुनै पनि तेस्रो पक्षलाई समावेश नगर्ने पनि निर्णय गरेको छ । सरकारी निकायबाट मिडियाको खातामा सिधै रकम जाने प्रावधान राखिएको छ । यसो गर्नुको कारण ‘सरकारी खर्चमा मितव्ययिता कायम गर्न’ भनिएको छ ।
यो निर्णयसँगै अब नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सबै सार्वजनिक निकायले आफ्ना सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र उपलब्ध गराउनुपर्नेछ । वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारी विज्ञापनका लागि सरकारी मिडिया मात्र प्रयोग गर्नेगरी निर्णय भएको हो ।

सेयर गर्नुहोस्


















