प्रतिनिधिसभाको बैठक बस्दै

हेटौंडा टुडे
२०८३ जेष्ठ २७, बुधबार १०:०८ गते

हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल शुरु गर्ने कार्यसूची छ । त्यसपछि, बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ ।
अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*