हेटौंडा । बुधबार सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार एक सय रुपैयाँ घटेर दुई लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।अघिल्लो दिन मंगलबार तीन लाख एक हजार ९०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १८५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्





















