विवाद पछि रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

हेटौंडा टुडे
२०८३ जेष्ठ २७, बुधबार १३:११ गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । मंगलबार हेटौंडामा उद्घाटन भएको अधिवेशनमा आज मतदान शुरु भएपछि विवाद हुदा अधिवेशन स्थगित भएको हो ।

निर्वाचन मण्डलले अनियमितता गरेको आरोप लगाउदै विरोध शुरु भएपछि अधिवेशन स्थगित भएको बताइएको छ । केन्द्रीय निर्वाचन आयोगले मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गरिएको जानकारी दिएको छ ।

निर्वाचन कार्यक्रम अन्तर्गतको कार्यतालिकाअनुसार एक सभापति पदका लागि चारजना उमेदवार कायम रहेको थियो भने ८८ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । सभापति पदका लागि अन्तिम उम्मेदवारको लागि नामावली सार्वजनिक भएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । सभापति पदका लागि अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्री चुनावमा प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिले मतदाताको नामावली समेत निर्धारण गरि मतदान सुरु गरेको थियो । मतदान सुरु भएको ३० मिनेटमा नै विवाद भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो । बुधबार बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरेर निर्वाचन समिति अधिवेशन स्थलबाट बाहिरिएको थियो । मंगलबार राति १:३० बजेदेखि मतदान सुरु भएको र करिब ५ जनाले मतदान गरेपछि स्थगित गरिएको थियो ।

हेटौंडा-१ स्थित हिमालयन दरबारमा आयोजित अधिवेशनमा दोस्रो सत्रको निर्वाचन प्रकियाको क्रममा भक्तपुरकाे मतदाता नामावली र उमेदवारीको नाम नखुलाइएको भन्दै विवाद भएको थियो ।

निर्वाचन क्षेत्र क्लस्टर अनुसारको उमेदवारको नामावली छुटेको भन्ने विषयमा विवाद हुँदा कार्यकर्ता तथा मतदात आक्रोशित भएका थिए । आक्रोशित मतदाता र कार्यकर्ताले मतपत्र च्यात्ने तथा नाराबाजीसहित हो-हल्ला गरेका थिए । साथै, निर्वाचन कार्यक्रम २४ घण्टाभित्र अर्को सूचना जारी गरिने जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*