दुई बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु

हेटौंडा टुडे
२०८२ माघ २५, आईतवार ११:०६ गते

हेटौंडा । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ जाँदै गरेको प्रदेश३–०१००६ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएका थिए।

दुर्घटना पछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको चिया पसलमा  समेत ठोक्किँदा पसलमा क्षति पुगेको हो। बसमा सवार यात्रुहरु समेत घाइते भएका छन् भने चिया खादै गरेका एक जनाको मृत्यु भएको छ।

मृतकको पहिचान भइनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिएका छन्।

साथै, दुर्घटनाका घाइतेहरूको सङ्ख्या पनि एकिन भइनसकेको बताएका छन्। अहिले उद्धारकार्य जारी छ।

प्र.३–०१–००६ ख १५५२ नं. को बस चालक दाङको तुलसिपुर उपमहानगरपालिका– ६ बस्ने २४ वर्षीय सन्तोष नेपालीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*