हेटौंडा । जिल्ला प्रशासन कार्यालय नवलपरासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीत कार्यक्रम नगर्न आग्रह गरेको छ।
प्रशासनले मंगलबार पश्चिम नवलपरासीमा आयोजना हुन लागेको भनिएको कार्यक्रम प्रति चासो व्यक्त गर्दै आचारसंहिता उल्लङ्घन हुने कुनै गतिविधि नगर्न सचेत गराएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत पोषणराज भण्डारीद्वारा जारी सूचनामा निर्वाचन आचारसंहिता–२०८२ आकर्षित हुने कुनै पनि गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई जानकारी गराइएको उल्लेख छ।
निर्वाचन आचारसंहिता अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ देखि १८ गतेसम्म मात्र प्रचार–प्रसार गर्न पाइने व्यवस्था छ।

सेयर गर्नुहोस्
















