तामाकोशी नदीमा यात्रुवाहक बस खस्यो, पाँच जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ माघ २७, मंगलवार १२:०९ गते

हेटौंडा । काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट तामाकोशी नदीमा खसेको छ। काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको छ भने ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*