हेटौंडा । हेटौंडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४३ लाख ८४ हजार ८८८ सङ्कलन भएको हो।
चालु आर्थिक वर्षको सात महिनामा सम्पत्ति करबाट पाँच करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट तीन करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट एक करोड २१ लाख २७ हजार २७ रुपैयाँ संकलन भएको छ ।
यसैगरी, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड ४४ लाख ४९ हजार २४०, सिफारिस दस्तुरबाट एक करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट एक करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट एक करोड ७१ लाख दुई हजार ६१६, अन्य बिक्रीबाट प्राप्त तीन करोड दुई लाख २३ हजार असुली भएको छ ।
सेयर गर्नुहोस्


















