निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

हेटौंडा टुडे
२०८२ फाल्गुन १२, मंगलवार १६:१० गते

हेटौंडा । सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदैछ ।

निर्वाचन आयोगले मतदान प्रक्रियामा मतदाताको अधिकतम र उत्साहजनक सहभागिता सुनिश्चित गर्न तथा निर्वाचन व्यवस्थापनलाई सहज बनाउन सरकारसमक्ष तीन दिन बिदाका लागि सिफारिस गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*