गुल्मीमा १६ गते देखि मादक पदार्थ बिक्री–वितरणमा रोक

हेटौंडा टुडे
२०८२ फाल्गुन १३, बुधबार ११:५१ गते

हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै गुल्मी जिल्लामा पाँच दिनसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको सहमतिअनुसार जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभित्र मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन गर्न नपाइने भएको हो ।

निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासन प्रतिबद्ध जनाउँदै यस अवधिमा मदिराजन्य पदार्थको कारोबार र सेवनमा कडाइका साथ निगरानी गरिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे ले बताए । निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*