सुतली बम र सुँगुरको टाउको सहित ३ जना पक्राउ

हेटौंडा टुडे
२०८२ फाल्गुन २०, बुधबार ११:१२ गते

हेटौंडा । पर्साको वीरगञ्जमा तीन जना सुतली बम र सुँगुरको टाउको सहित पक्राउ परेका छन्। चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

पक्राउ परेकाबाट ९ वटा सुतली बम, सुँगुरको टाउको एउटा र १० मिटर वायरिङ तार बरामद गरेको छ। पक्राउ परेका तीन जनाको परिचय प्रहरीले खुलाइसकेको छैन।

विशेष सूचना पाएपछि निर्वाचन लक्षित एकीकृत सुरक्षाकर्मीको संयुक्त टोली खटिएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*