हेटौंडा। जल तथा मौसम विज्ञान विभागले बिहीबार प्रतिनिधि सभा निर्वाचनको दिन देशभरको मौसम सफा रहने बताएको छ ।
पानी पर्ने प्रणाली सक्रिय नभएकाले भोलि (बिहीबार) देशभर कतै पानी पर्ने सम्भावना नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पानी नपरे पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भेगको मौसम घाम लाग्दै बादल लाग्नेछ। अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ।
आज (बुधबार) र पर्सि (शुक्रबार) भने देशका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले नागरिकलाई जानकारी दिए।

सेयर गर्नुहोस्


















