हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ सुनसरी– १ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । साम्पाङ भारी मतान्तरले विजय भएका हुन्। साम्पाङले ३५ हजार ७४१ मत ल्याएका छन्।
उनका निकटतम प्रतिष्पर्धी रास्वपाकी गोमा तामाङ (सरिन) ले भने २७ हजार २४९ मत ल्याईन् । उनीहरुबीच ८ हजार ४९२ को मतान्तर छ।
सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाएका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् ।
सेयर गर्नुहोस्
















