चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुन: खड्का चयन

हेटौंडा टुडे
२०८२ चैत्र ७, शनिबार २२:४८ गते

हेटौडा । चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा कपिल खड्का सर्वसम्वत चयन भएका छन् । सनिवार हेटौंडामा सम्पन्न शाखाको १४ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशन खड्काको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो । संघको उपाध्यक्षमा रबिन्द्र गौतम, सचिवमा मनोज देवकोटा र कोषाध्यक्षमा सन्नु रिजाल, सहसचिवमा मंजिता मैनाली तथा सदस्यमा दर्शन क्षेत्री, मनिता राना, अन्जना न्यासुर तामांङ्ग, रामकुमार दानी चयन भएका छन् । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

साधारण सभामा चलचित्र पत्रकार संघ केन्द्रीय उपाध्यक्ष विजय आवाजको प्रमुख आतिथ्यता तथा संघको महासचिब रघुनाथ सापकोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष मनोज देवकोटा र सचिव रबिन्द्र गौतमले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै सहभागीहरूले चलचित्र पत्रकारिताको विकास, पेशागत मर्यादा र सुदृढीकरणका विषयमा जोड दिएका थिए। नयाँ कार्यसमितिले पत्रकारहरूको हकहित संरक्षण तथा चलचित्र क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने कार्यक्रम सहभागीहरुले बताएका छन् । कार्यक्रममा चलचित्र पत्रकार संघ केन्द्रीय कोषाध्यक्ष मनिष कार्की,सचिब नबिन गिरि , चलचित्र निर्देशक अमर दीप , नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर ,जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी , संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, पुर्व अध्यक्ष मणि राज गौतम, संघका सल्लाकार तथा कलाकार अमिर गौतम, प्रेस युनियन मकवानपुर अधय्क्ष सुबास विडारी, प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल लगायतको आतिथ्यता रहेको थियो । साधारण सभा तथा अधीबेसन संघका अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*