हेटौंडा। गृहमन्त्री सुदन गुरुङ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को कार्यालयमै पुगेर मन्त्री गुरुङले विपद व्यवस्थापनमा विगतमा हुँदै आएका अभ्यासबारे जानकारी लिँदै आगामी योजनाबारे कुराकानी गरेका छन।
प्राधिकरणको कार्यालयमा भएको छलफलमा गृहमन्त्री सुधन गुरुङले मनसुन अगाडि नै विपद् व्यवस्थापनको तयारी सुरु गर्न निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि प्राधिकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपद् हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको बताएछन। ।
कार्यकारी प्रमुख दिनेश भट्टले भने, ‘यो नियमित प्रक्रिया हो, अन्य गृहमन्त्रीहरु ढिलो आउनुहुन्थ्यो तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो । विपद व्यवस्थापनका लागि पनि हामीलाई सहज हुने भयो ।’ गृहमन्त्री गुरुङले आफू १० वर्षदेखि विपद जोखिम न्यूनीकरणसँग बसेर काम गरेको र यसपटक आफू स्वयं गृहमन्त्री भइसकेपछि थप विपत हुनु अगाडि नै न्यूनीकरण गर्नुपर्छ भनेर लागेको बताए छन।
















