हेटौंडा । नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन उच्च दरले बढेको सुनको मूल्य आज घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार भने सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो। यसअनुसार, आज सुनको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८ सय ७० रुपैयाँमा झरेको छ, जुन अघिल्लो दिनको तुलनामा ७५ रुपैयाँले कम हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४ हजार ६ सय ७० अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।
सेयर गर्नुहोस्
















