हेटौंडा। व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले कालोसूचीमा राखेका भट्टलाई आज प्रहरीले पक्राउ गरेको हो ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।
भट्टमाथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । सम्पत्ति शुद्धीकरण विभागले व्यापारी र उच्च तहका नेता तथा पदाधिकारीहरूसँग कनेक्सन राखेर काम गरेको भन्दै २६ जनाभन्दा बढीको विषयमा केही समयदेखि अनुसन्धान गर्दै आएको थियो। त्यही अनुसन्धान क्रममा भट्टको गतिविधिबारे केही गम्भीर तथ्य देखापरेकाले पासपोर्ट रोक्का गर्नुपरेको विभाग स्रोतले जनाएको छ।
सेयर गर्नुहोस्
















