सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने

हेटौंडा टुडे
२०८२ चैत्र १९, बिहीबार १५:२४ गते

हेटौंडा। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई सिंहदरबार चलाउन नभएर बदल्नका लागि म्यान्डेट दिएको बताएका छन्। प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वले देश रूपान्तरणको काम सुरु गरिसकेको दाबी गरे। उनले अब परिणाममुखी काममार्फत परिवर्तन देखाइने स्पष्ट पारे। ‘हामी सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं। यसको सुरुवात हामीले गरिसकेका छौं,’ उनले भने, ‘हामी बोलेर होइन, काम गरेर देखाउन चाहन्छौं।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*