हेटौंडा। राजबहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र ‘लज्जावती’को छयांकन सकिएको छ । ४५ दिनमा छायांकन सकिएको चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।
निर्माणपक्षका अनुसार यो चलचित्र साउन २९ गतेबाट प्रदर्शनमा आउनेमा छ । चलचित्र ‘लज्जावती’को निर्मातामा कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया छन् । दिनेशराज बुढाथोकी कार्यकारी निर्माता हुन् ।
दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउवाला गौतमलगायतको अभिनय छ ।
सिनेमालाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन् ।
सेयर गर्नुहोस्





















