हेटौंडा। एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार कतारलाई आठ विकेटले हराएको नेपालले बिहीबार भुटानलाई ५१ रनले हराएको हो ।
नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको भुटानले २० ओभरमा ८ विकेट गुमाउदै ६२ रन मात्र बनाएको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो । नेपालले यसअघि बुधबार कतारलाई पराजित गरेको थियो ।
समुह डी मा रहेको नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै भुटानले भने लगातार दोस्रो हार बेहोरेको छ । अब नेपालले अर्को खेल शनिबार हङकङसँग खेल्ने तालिका रहेको छ ।
सेयर गर्नुहोस्





















