नेपाली कांग्रेस मकवानपुरगढी-३ नंम्बर द्वारा क्रियाशील सदस्यहरुलाई सम्मान

हेटौंडा टुडे
२०७८ आश्विन ३, आईतवार १७:४६ गते

हेटौँडा/ नेपाली कांग्रेस गढी गाउँपालिका-३ नंम्बर वडा मक्रान्चुलीले कांग्रेसको १४ औं महाधिबशेनको लागि भएको वडा अधिबेशनबाट जेष्ठ नागरिक तथा पुराना अग्रज क्रियाशील सदस्यहरुलाई आईतबार सम्मान गरेको छ ।

कांग्रेस गढी गाउँपालिका-३ नंम्बर वडाका सभापति विजय लामा थोकरको सभाध्यक्षतामा वडाका जेष्ठ नागरिक तथा पुराना क्रियाशील सदस्यहरुलाइ खाता ओढार्ई सम्मान कार्यक्रम गरिएको हो ।

आईतबार भएको अधिवेशनबाट सम्मानित हुने जयनारायण ढुंगाना, कृष्ण प्रसाद गजुरेल, खिलाराज तिमल्सिना, यज्ञ बहादुर देवकोटा, रित बहादुर गिरी, प्रेम बहादुर लो, माधव प्रसाद छत्कुली, भीम कुमारी न्यौपाने, राम बहादुर दाहाल, राम परियार, ईन्द्र बहादुर खडका, बैकुण्ठ ढकाल, नन्द कुमारी न्यौपाने, बासु पौडेललगायतका १४ जना कार्यकतालाई सम्मान गरिएको सभापति थोकरले हेटौँडा टुडेलाई बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*