मकवानपुरगढीमा कोदोबाट बनेको केक काटेर कोदो र फापरको परिकार प्रदर्शनी

हेटौंडा टुडे
२०७८ फाल्गुन २, सोमबार ०७:१४ गते

हेटौंडा । मकवानपुरगढीमा उत्पादन हुने रैथाने बाली कोदो र फापरको परिकार प्रदर्शन गरिएको छ । विहीबारबाट गाउँपालिकामा तीन दिने तालिम पश्चात तयार पारिएको परिकार हिजो आइतबार प्रदर्शनी गरिएको हो ।

गाउँपालिकाकाका अध्यक्ष विदुर हुमागाईले कोदोबाट बनेको केक काटेर परिकार प्रदर्शनीको उद्घाटन गरिएको थियो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दहाल, प्रमुख प्रशासकीय अधिकृत रामुकमार पुडासैनी, कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरी लगायतको अतिथ्यता रहेको थियो । गाउँपालिका कृषि विकास शाखाको आयोजनामा तालिममा कोदो र फापरको हलुवा, निमकिन, बिस्कुट, कप केक, बटर केक, प्यान केक, कुकिज, पिजा, पाउरोटी, दुनोट, मःम जस्ता २१ थरिका परिकार बनाइएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*