महावीर पुनको सम्पत्ति विवरण : २९ लाख नगद र ३ तोला सुन

हेटौंडा टुडे
२०८३ बैशाख १६, बुधबार ११:४० गते

हेटौंडा। म्याग्दीबाट प्रतिनिधि सभाबाट निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले स्वस्फूर्त रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले आफूसँग नगद २९ लाख जति रूपैयाँ बैंकमा मौज्दात रहेको बताएका छन्। नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँजति मौज्दात रहेको बताएका छन्।

नेपाल बैंकमा रहेको ४ लाख साथीहरूले सहयोग गरेको र २५ लाख रुपैयाँ गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दा सहयोगीहरूले दिएको रकमबाट बचेको बताएका छन्। यो रकम म्याग्दीमा रहेको सम्पर्क कार्यालय सञ्चालनमा सहयोग गरिने पुनले बताएका छन्।

उनले आफूसँग तीन तोला सुन रहेको विवरण उल्लेख गरेका छन्। ती सुन २०६० सालतिर खरिद गरेको र श्रीमतीलाई उपहार दिएको उल्लेख गरेका छन्।

सांसद पुनले आफूसँग कास्कीकै चार ठाउँमा जग्गा रहेको उल्लेख गरेका छन्। एक स्थानमा १३ आना, दोस्रो ठाउँमा ३ रोपनी ३ आना, तेस्रो स्थानमा १५ रोपनी १० आना १ दाम

चौथो ठाउँमा ८ रोपनी, ५ आना ३ पैसा ३ दाम जग्गा रहेको उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*