मकवानपुरगढीमा चैत्र २५ गते देखी २९ गते सम्म टाईफाईड बिरुद्धको खोप संचालन हुने

हेटौंडा टुडे
२०७८ चैत्र २४, बिहीबार २१:३९ गते

हेटौंडा। मकवानपुरगढी गाउँपालीकामा चैत्र २५ गते देखी टाईफाईड बिरुद्धको खोप अभियान शुरु हुने भएको छ । चैत्र २५ गते देखी सुरु भएको खोप अभियान चैत्र २९ गते सम्म संचालन हुनेछ । टाईफाईड बिरुद्धको खोप अभियानमा मकवानपुरगढी गाउँपालीकाका १५ महिनादेखि १५ वर्ष मुनिका ५ हजार ३ सय ३५ जना बालबालिकाहरुलाई खोप लगाउने तयारी भैरहेकोमकवानपुरगढी स्वास्थ्य साखाले जानकारि दिएको छ । खोप अभियान सञ्चालनको लागि गाउँपालीकाभरका स्वास्थ्य संस्था, विद्यालय सहित ३५ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*