राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्नमा चुनाव लड्ने

हेटौंडा टुडे
२०७८ चैत्र ३०, बुधबार १५:३३ गते

हेटौंडा । राप्रपा नेपाल आउदो बैसाख ३० गते हुने स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ । बुधबार थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो । आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमतिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*