हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार दिपेश दाहालले वडाको विकासका लागि दिनरात खटेर काम गर्ने बताएकाछन् ।
उनले सम्मुनत वडा र सम्मानित वडाबासी र भष्ट्रचार मुक्त वडाको निम्ति लाथि पर्ने बताउदैं युवा जोशजाँगरका साथ अघि बढेको आफुलाई विजयी गराए भावी योजना र संकल्प पत्रमा उल्लेख प्रतिवद्धताहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् ।
संकल्प पत्रमा उनले आर्थिक कमजोरीलाई शिक्षा, खानेपानी, विद्युतका शुल्क निशुल्क गरिने, शिक्षा क्षेत्रमा सुधारसँगै प्रविधि सँग जोडेर वडालाई प्रविधिमैत्री बनाउने प्रतिवद्धता गरेको छ ।
आफु युवा समेत भएकाले यस पटक आफुलाई वडाबासीले मतदान गरि विजयी गराउनेमा ढुक्क रहेको बताउदैं दाहालले कृषि, पशुपालन क्षेत्र, पूर्वाधारको विकासमा फड्को मार्ने, भूमिहिनलाई पुर्जाको लागि पहल गरिने, वन, सहकारीका क्षेत्रमा समेत काम गरिने बताए ।
युवा, महिला उद्यमी लक्षित कार्यक्रमलाई व्यापक गरि आर्थिक पाटोलाई बलियो बनाउनको लागि यस पटक आफुलाई मतदान दिन उनले आग्रह गरेका छन् ।
गाउँपालिकाकै नमुना वडा बनाउनको लागि आफुले सार्वजानिक गरेको संकल्प पत्रमा उल्लेख भएका योजनालाई कार्यान्वयन गर्न लागि पर्ने बताए । उनले यसअघि वडामा आफु निकटको क्षेत्रमा मात्रै विकासका काम भएकोले आफुले जिते सबैवडाबासीलाई समान ढङ्गले यवहार गरि समान रुपमा विकासका कामहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।
अरुले धेरै बोल्छन् आफु काम गरेर देखाउने हो भन्दै मतदान गर्न सबै वडाबासीहरुमा आग्रह गरेको छ ।


















