हेटौंडा । हेटौंडा हुदै काठमाडौं जोड्ने छाटो मार्ग कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ। जसले गर्दा अहिले सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको छ। ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले बताएका छन्। काठमाडौं जाने र हेटौंडा आउने सवारि रोकिएको छ भने पहिरो हटाउन समन्वय भइरहेको जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्






















