हेटौडा । भीमफेदीमा कारागारमा रहेका एक जना कैदीको ज्यान गएको छ। करागारमा लागूऔषध मुद्दामा रहेका मिलन परियारको मृत्यु भएको हो । २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा करागारमा कैदी जीवन बिताइरहेका हेटौंडा २ घर भएका ३४ बर्षीय मिलन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
७ वर्षका लागि कैदी सजाय पाएका उनलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने समस्या देखापरेपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको भीमफेदी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेटौंडा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सेयर गर्नुहोस्






















