हेटौंडा। शुक्रबार दिउँसो कान्तिलोकपथ सडकखण्डमा हेटौडा बाट ठिङ्गनतर्फ जादै गरेको मकवानपुरको बकैया ११ घट्टेपाख नजिक फलाम बोकेको ट्रक दुर्घटनाग्रस्त हुदा चालकको ज्यान गएको छ। सि जी ०७ बि अच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक सडक बाट अन्दाजी २००र२५० मिटर तल खस्दा ट्रक चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रक चालक भारत पट्ना जिल्ला महाबलिपुर बस्ने ४० बर्षीय सुरेन्द्र यादवको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्।
ट्रक चालकको शव गाडिको स्ट्रेरिङमा अड्केर रहेको र ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ बर्षीय अजित यादब भने हामफालेर बाचेको जनाइएको छ।घटनाको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ। दुर्घटनाग्रस्त स्थल मकवानपुरगढीबाट करिब १० किलोमिटरको दुरीमा रहेको छ। उक्त ट्रक स्थानीयको घरमा ठक्कर दिएर दुर्घटनाग्रस्त भएको थियो।






















