हेटौंडा उपमहानगरपालिका वडा नम्वर – ९ एच .आइडिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मोटरसाइकलमा एकै परिवारका सदस्य सवार रहेको मध्ये श्रीमतीको मृत्यु भएको छ भने श्रीमान र नाबालक छोरा घाईते भएका छन् । आइतबार अपरान्न को समयमा हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशा जादै गरेको ना ४ ख ९६०३ नंबरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
मृत्यु हुनेमा पर्सा ठोरी गाउँपालिका–२ की २५ वर्षीय श्रृजना बिक रहेकी छन् । दुर्घटनाग्रस्त मोटरसाइकलका चालक पर्सा ठोरी गापा – २ घरभई नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २९ बर्षीय आदर्श बि क र उनका ५ वर्षीय आशिक बि क घाइते रहेको जनाइएको छ। ट्रक तथा चालक भने इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ।






















