हेटौंडा| सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जीप चालक वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षीय सागर शाही, दैलेखकाे डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेका छन् । उनीहरूकाे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा दैलेख भैरवी गाउँपालिका- ५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-११ झुप्राखोलामा जीप अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्






















