हेटौंडा। चण्डिका माविले आज बिहिबार आफ्नो ४४ औं वार्षिकोत्सव कार्यक्रम बिभिन्न कार्यक्रम गरि मनाएको छ । मकवानपुरगढी गाउँपालिका–२मा रहेको यस विद्यालयले आज वार्षिकोत्सव कार्यक्रम बिभिन्न साँस्कृतिक कार्यक्रम गरि मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोलेको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा विद्यालयको वार्षिकोत्सव समारोह कार्यक्रम मनाईएको हो । कार्यक्रममा बिषेष अतिथिहरु गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली, मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रिन, गाउँपालिकाको शिक्षा शाखाका प्रमुख राम बहादुर घलान लगाएतकाको उपस्थिति रहेको थियो ।
त्यस्तै मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य पातलिमाया गोले , साबिसत्र बिक ,राम प्रसाद चौरेल सुधारजित गोले लक्ष्मी बिक , मकवानपुरगढी बृहत खानेपालिका अध्यक्ष बिष्णु न्यौपाने ,बंशगोपाल मा.बि प्राबिधिक शिक्षलयका अध्यक्ष राम प्रसाद पुडासैनि , ,बंशगोपाल मा.बि प्राबिधिक शिक्षलयका प्रधानअध्यापक सन्देश मगर टोल बिकास सस्थांका अध्यक्षहरु , बिभिन्न सहकारि सस्थाका प्रतिनिधिहरु , राजनैतिक दलका प्रतिनिधि, स्कुलका पुर्व अध्यक्ष , पुर्व शिक्षक नागरिक सामज बृद्धिजिबि लगाएतकाको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल फुयाँलले वार्षिक योजना प्रस्तुत गर्नु हुदै विद्यालयलाई पूर्णतः निशूल्क गराउने प्रयास भइरहेको र अंग्रेजी माध्यमको नाममा अभिभावकसँग शूल्क नलिने योजना सहित तयारी भइरहेको प्रधानाध्यापक फुयाँलले जानकारी दिनु भयो । साथै बालमैत्री वातावरणमा शिक्षण, दिवा खाजा, शैक्षिक सुधारका लागि विभिन्न चरणमा परिक्षा, अतिरिक्त क्रियाकलाप सञ्चालन लगायत अन्य विभिन्न कामहरु भइरहेको कार्यक्रममा बताउनु भयो । कार्यक्रममा बिध्यार्थिहरुबाट बिभिन्न प्रतिभाहरु प्रस्तुत गरिएको थियो । स्वागत गित सहित विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । परिक्षामा प्रथम, द्धितीय र तृतीय हुने छात्र छात्रालाई पुरस्कृत गरिएको थियो। २ सय ५४ जना विद्यार्थी रहेको यस विद्यालयमा १२ कक्षासम्म पठनपाठन हुदै आईरहेको छ ।






















