हेटौंडाका ३ क्याम्पसमा स्ववियु निर्वाचन अन्तर्गत मतदान सुरु

हेटौंडा टुडे
२०७९ चैत्र ५, आईतवार ०९:५५ गते

हेटौंडा|  त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका आङ्गिक र सम्बन्ध प्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचन अन्तर्गत मकवानपुरको ७ स्थानका क्याम्पस मध्य हेटौंडामा रहेका ३ वटा क्याम्पसमा मतदान कार्य सुरु भएको छ। हेटौंडा-४ मा रहेको हेटौंडा क्याम्पस,हेटौंडा-२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा-६ मा रहेको वंशगोपाल बहुमुखी क्याम्पसमा निर्धारित समय ८ बजेबाट निर्वाचन सुरु भएको त्यहाँ रहेका हाम्रा सहकर्मीहरुले जनाएका छन्।

हटिया जनप्रिय,मनहरी,वन विज्ञान अध्ययन संस्थान र निर्मल बहुमुखी क्याम्पसमा भने यो समाचार तयार पर्दा सम्म निर्वाचन सुरुहुन नसकेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन्। स्ववियु निर्वाचनमा सम्भावित घटनालाई मध्यनजर गरेर प्रहरी निरीक्षकहरुको कमाण्डमा नेपाल र सशस्त्र प्रहरी सहितको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताएका छन्। शान्तिपूर्ण अवस्थामा मतदान भइरहेको जनाइएको छ। त्रिभुवन विश्वविद्यालयले बिहान ८ बजेबाट अपरान्ह ४ बजेसम्मलाई मतदानको समय निर्धारण गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*