वंशगोपालमा अनेरास्ववियूबाट दिवस सिल्वालको प्यानलनै विजयी

हेटौंडा टुडे
२०७९ चैत्र ५, आईतवार १७:१५ गते

हेटौंडा | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत जिल्लाको हेटौंडा ६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियूका दिवस सिल्वालको प्यानलनै विजयी भएको छ ।

आइतबार भएको निर्वाचनको अन्तिम मतरिणाम अनुसार सिल्वालको प्यानलनै निर्वाचित भएको हो ।

अनेरास्ववियू सिल्वाल १८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् ।

यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२० मत) , कोषाध्यक्षमा रुपा राई (१७मत), सदस्यहरुमा सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित विजयी भएका छन् ।

सिल्वालको प्यानलमा नेकपा (एमाले ) निकट अनेरास्ववियु, नेकपा (एकिकृत समाजवादी्र) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्‍द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ंबीच गठबन्धन थियो भने गौतमको प्यानलमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंबीच गठबन्धन रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*