हेटौंडा| चन्द्रोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ईवाकर मैनाली चयन भएका छन् । बुधबार बिहान बसेको व्यवस्थापन समितिको बैठकले मैनालीलाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा कृष्ण प्रसाद अर्जेल, रामप्रसाद देवकोटा, ज्योती के।सी, रीता श्रेष्ठ र दुर्गा अधिकारीलाई चुनिएका छन् ।
वडा अध्यक्ष रामकृष्ण थापाको उपस्थितिमा व्यवस्थापन समिति गठनको प्रक्रिया सम्पन्न भएको हो । वडा अध्यक्ष थापा वडा प्रतिनिधिको रुपमा विद्यालय व्यवस्थापन समितिको सदस्यको रुपमा रहेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखा अधिकृत रामचन्द्र खड्का विद्यालय व्यवस्थापन समिति गठन सहयोग समितिको संयोजकको रुपमा खटिएका थिए ।
चन्द्रोदय माविमा एक हजार ५० विद्यार्थी अध्ययनरत छन् । कक्षा १२ सम्म अध्यापन हुने सो विद्यालयको व्यवस्थापन समितिले पूर्णता पाएको छ ।






















