हेटौंडा उपमहानगरपलिकाद्धारा सिलाई मेसिन वितरण

हेटौंडा टुडे
२०७९ चैत्र २८, मंगलवार १३:४१ गते

हेटौंडा|  हेटौंडा उपमहानगरपलिकाले उपमहानगरक्षेत्रका नौ परिवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ ।

दलित बर्ग आयआर्जन कार्यक्रम अन्तरगत हेटौंडा उपमहानगरभित्र बसोबास गर्दै आएका ६ वटा वडाका ९ जनालाई दैनिक जिवनयापनमा सहयोग पु¥याउनका लागि हेटौंडा उपमहानगरका प्रमुख मीनाकुमारी लामाले सिलाई मेसिन हस्तान्तरण गरेकी हुन् ।

मेसिन हस्तानतरण गर्दै नगरप्रमुख लामाले मेसिनको सदुपयोग गर्दै आय आर्जनमा जोडिन आग्रह गरिन् ।

प्रतिमेसिन करिब १५ हजार रुपियाँको लागतमा खरिद गरी १, ५, ८, ११, १७ र १८ नम्बर वडाका ९ वटा परिवारलाई हस्तान्तरण गरेको हेटौंडा उपमहानगरपालिका समाज कल्याण शाखाका प्रमुख भैरवबहादुर कुमालले जानकारी दिए । कार्यक्रममा दलित बर्ग उत्थान जिल्ला समन्वय समितिका सचिव कमलकुमार विश्वकर्माको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*