नेम इन्सिच्युटद्वारा नयाँ बर्षको शुभकामना आदानप्रदान

हेटौंडा टुडे
२०७९ चैत्र ३०, बिहीबार १५:२७ गते

हेटौंडा । हेटौंडा–४, स्कुलरोडमा रहेको नेम इन्सिच्युट एण्ड कन्स्लटेन्सीले नयाँ बर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता तथा नेम इन्सिच्युट एण्ड कन्स्लटेन्सीका संचालक किशोर अर्यालयको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापति छोईसाङ तामाङ, ईस्टुका केन्द्रीय सदस्य सचिन लामा, प्राविधिक शिक्षा तालिमका विज्ञ अच्युत अधिकारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एसईई पछिको तयारी कक्षामा विशेष छुट सहितको कक्षा संचालनको तयारी भईरहेको संचालक अर्यालले जानकारी दिए । उनले नयाँ बर्षको अवसरमा बृज कोर्षको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएकोे बताए । नेममा लोक सेवा तयारी कक्षा, बैकिङ तयारी कक्षा, शिक्षा सेवा आयोग तयारी कक्षा र बृजकोर्ष तयारी कक्षा संचालन हुँदै आएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*