हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले रक्त सञ्चार केन्द्र हेटौंडालाई रक्त तत्व निर्माण गर्ने मेसिन हस्तान्तरण गरेको छ ।रगत बर्गिकरणका लागि आवश्यक पर्ने १५ लाख रुपियाँ बराबरको मेसिनरी सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो। नेपाल रेडक्रस सोसाईटि मकवानपुरका सभापती लालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा रक्त बर्गिकरण मेसिनको बागमती प्रदेश सभाका सदस्य एकालाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।केन्द्रका प्रमुख टंक दाहालले हेटौंडामा उपचार गरीरहेका बिरामि अबका दिनमा रगत बर्गिकरणको समस्यले बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटने बताएका छन् । प्रमुख दाहालले मेसिनले प्लाजमा, प्लेटलेट र प्याकसेल निर्माण गर्ने जानकारी दिए ।
अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त सिंगो बर्गिकरणका लागि आवश्यक महत्वपुर्ण उपकरणहरु उपमहानगरपालिकाले केन्द्रलाई दिएको हो ।उपमहानगरले प्लाजमालाई जिवित राख्नका लागि आवश्यक फ्रिज सहितको उपकरण दिएको हो भने अमेरिकन रेडक्रसले बर्गिकरण छुट्याउनका लागि आवश्यक मेसिन दिएको रक्त रञ्चार केन्द्रले जनाएको छ ।२०५२ सालमा स्थापना भएको सञ्चार केन्द्रले सञ्चालनमा ल्याएको बर्गिकरण मेसिनका लागि मनहरी गाउँपालिकाले कार्यालय व्यवस्थापनका लागि ७ लाख रुपियाँ खर्च गरेको प्रमुख दाहालले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेडाई, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईको आतिथ्यता रहेको थियो ।


















