गृहमन्त्रीले राजीनामा दिँदा राम्रो हुन्छ : हर्क साम्पाङ

हेटौंडा टुडे
२०८३ बैशाख ८, मंगलवार १४:०८ गते

हेटौंडा।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्रीसँग सम्बन्धित विषयहरू बारम्बार बाहिर आइरहेकाले पद छोड्दा उपयुक्त हुने बताएका हुन् ।

साम्पाङले हप्तामा दुई–तीन पटकसम्म नयाँ–नयाँ कुरा सार्वजनिक भइरहँदा सरकार र मन्त्रालयको छविमा असर पर्ने उल्लेख गरे ।

‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिरहन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । हप्तामा दुई तीन पटक सुनिरहिन्छ । घरि के घरि के भनेर,’ उनले सुझाव दिँदै भने, ‘त्यसले गर्दा उहाँले मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’ उनले यस्तो अवस्थाले जनविश्वासमा समेत प्रश्न उठ्न सक्ने भन्दै जिम्मेवार पदमा बसेकाले नैतिक निर्णय आवश्यक हुने धारणा व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*