हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई मत बढि ल्याएर अर्याल विजयी बनेका हुन् ।
उत्सव अर्यालले ४१६ भोट पाउँदा र डा. अच्युतम लामिछानेले ४१४ भोट ल्याएका छन् । अर्याल निवर्तमान समितिमा प्रवक्ता थिए ।
सभापति पदमा अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।
रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन गरिएको थियो । निर्वाचन प्रक्रिया शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा भएको थियो ।
सेयर गर्नुहोस्


















