काभ्रेको बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको घटनास्थलमै मृत्यु

हेटौंडा टुडे
२०८३ जेष्ठ २९, शुक्रबार १६:५३ गते

हेटौंडा। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२  बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

मृत्तकको शव घटनास्थलबाट निकालिएको छ । यस्तै घाइते १७ जनाको उद्धार गरी धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मृत्तक र घाइतेको विवरण आइसकेको छैन । दुर्घटनाको कारण समेत अहिलेसम्म खुलिनसकेको प्रहरीको भनाई छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*