आज बढ्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८३ जेष्ठ २९, शुक्रबार ११:३६ गते

हेटौंडा। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहीबार सुन तोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १९० रुपैयाँले बढेर ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*