वर्षाका कारण अवरुद्ध छन् यी राजमार्ग

हेटौंडा टुडे
२०८३ जेष्ठ २९, शुक्रबार १०:३८ गते

हेटौंडा। देशका विभिन्न स्थानमा परेको वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। बाढी, पहिरो र मर्मत कार्यले गर्दा धेरै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेका छन्।

काठमाडौँ उपत्यका जोड्ने सतुंगल-चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मर्मत कार्यका लागि यो सडक अझै एक महिना बन्द रहने जानकारी दिइएको छ।

भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। खोटाङको पङ्खु खोलामा खसेको पहिरोका कारण जेठ २ गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ।

इलामको पुवाखोलामा आएको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न सकिने जनाइएको छ।

बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ २२ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*