हेटौडा। पहिरो जादा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध बनेको छ । आइतबार बिहान सडक खण्डको इच्छाकामना–६ कालिखोलामा पहिरो खस्दा ।बाटो अवरुद्ध बनेको हो । अवरुद्ध बाटो सडक विभागसँग समन्यव गरी पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार बिहान पनि पहिरो जादा उक्त सडकखण्ड ४ घण्टा अवरुद्ध बनेको थियो ।
सेयर गर्नुहोस्






















