महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको विजयी शुरुवात

हेटौंडा टुडे
२०८० भाद्र ५, मंगलवार १६:४१ गते

हेटौडा । चार देश सहभागी भएको महिला टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
प्रतियोगिताका लागि मलेसिया पुगेको नेपालले बायोमास ओभलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। जहाँ नेपालविरुद्ध पहिले ब्याटिङ गरेको हङकङ १९।१ ओभरमा अलआउट हुँदै ८४ रन बनायो ।
८५ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १५।५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। नेपालका लागि सम्झना कुमारी खड्काले सर्वाधिक ३६ रनको नटआउट इनिङ खेल्दा ओपनर तथा अलराउन्डर पूजा महतोले १६ रन बनाइन्।
त्यस्तै, रविना क्षेत्री १० रनमा आउट हुँदा सीता रानामगर ३ रनमा अविजिति फर्किइन्। त्यस्तै, इन्दु वर्माले ९ रन बनाएकी थिइन्। विन्दु रावल भने शून्य रनमा आउट भइन्। हङकङका लागि इक्रा सहार, मारिको अओटा, विवी मर्याम र का यङ्ग छनले समान १(१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि यिङ चनले सर्वाधिक ३४ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा सिङ यन दोरोथिए छनले १६ रन बनाइन्। उसका अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ५ विकेट लिँदा इन्दु वर्माले २ र कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले समान १(१ विकेट लिए। आईसिसी महिला टी(२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित टी(२० सिरिज भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*