बिहीबार सेयर बजारमा हरियाली

हेटौंडा टुडे
२०८१ फाल्गुन १५, बिहीबार १५:५३ गते

हेटौंडा । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा हरियाली छाएको छ।  आज नेप्से परिसूचक ४९ दशमलव १५ अङ्कले बढेर २८१५ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०० कम्पनीका एक लाख १२ हजार ३२ पटकको कारोबारमा २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ४९ करोड २४ लाख १ हजार रुपैयाँ रहेको छ । १८६ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*