हेटौंडा । आज शेयर बजार उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३०.३६ अंकले घटेर २,८४६.३० विन्दुमा ओर्लियो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स पनि ५.३१ अंक घटेको छ । आज फ्लोट इण्डेक्स २.०१ अंक घट्दा सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक घटेको हो ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १४ अर्ब २८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१८ स्टकको १ लाख २२ हजार ३३६ पटकको कारोबारमा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
सेयर गर्नुहोस्






















