हेटौंडा। नेपाली बजारमा बुधबार सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको थियो । त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १९ सय ५० रुपैयाँ कायम भएको छ ।
सेयर गर्नुहोस्






















