लगातार बढेको सुनको मूल्य आज घट्यो

हेटौंडा टुडे
२०८१ फाल्गुन २३, शुक्रबार ११:०६ गते

हेटौंडा । नेपाली बजारमा तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*